काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत काठमाडौंमा जारी साफ यू १८ मा आज भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्।
समूह 'बी' को आज हुने खेलमा सेमिफाइनल प्रवेशका लागि श्रीलंकालाई जित अनिवार्य छ भने भारत बराबरी भएको खण्डमा पनि सेमिफाइन प्रवेश गर्नेछ। समूह 'बी'मा भारत, बंगलादेश र श्रीलंका छन्। बंगलादेश यसअघि नै १ जित र १ बराबरी खेल्दै ४ अंकका साथ सेमिफाइनल प्रवेश गरिसकेको छ। यता, १ खेल खेलेको भारत बंगलादेशसँग बराबरीमा रोकिएको थियो भने श्रीलंका बंगलादेशसँग पराजित भएको थियो।
यता, समूह 'ए' बाट भुटान र माल्दिभ्स सेमिफाइनल प्रवेश गरिसकेका छन्। समूह 'ए' बाट भुटान समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो भने माल्दिभ्स उपविजेताको रुपमा सेपिफाइनल प्रवेश गरेको हो। आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह समूह चरणबाटै बाहिरियो।
माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो।
भारत र बंगलादेशबीचकाे खेल हलचाेकस्थित सशस्त्र प्रहरीकाे मैदानमा दिउँसाे ३ बजेे सुरु हुनेछ।