PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

कालो हरिण शिकार मुद्दामा अदालत पेश हुनुअघि सलमानलाई आयो ज्यान मार्ने धम्की



पहिलोपोस्ट

कालो हरिण शिकार मुद्दामा अदालत पेश हुनुअघि सलमानलाई आयो ज्यान मार्ने धम्की
फोटो : DNA India ।

मुम्बइ : बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ।

सलमानलाई सामाजिक सञ्जाल फेसबुकमा 'स्टुडेन्ट अर्गनाइजेशन अफ पञ्जाब युनिभर्सिटि' नामक ग्रुपमा एक जनाले धम्की दिएको आजतकले जनाएको छ। सो ग्रुपमा खानलाई गैरी शूटर नामको आइडीबाट धम्की दिइएको हो।

ग्रुपमा सलमानको तस्बिर पोस्ट गर्दै उनलाई ज्यान मार्ने धम्की दिइएको छ। उनको तस्बिरमा रातो रंगले क्रस गरिएको पनि छ। 

सलमान कालो हरिण शिकार गरेको अभियोगमा सेप्टेम्बर २७ मा जोधपुर अदालतमा पेश हुँदैछन्। यदि उनी अदालतमा पेश नभएमा उनको जमानत खारेज हुने बताइएको छ।

यसअघि पनि २०१८ मा सलमानलाई गैग्सटार लरेन्स विश्नोइले ज्यान मार्ने धम्की दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell