PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

१० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी



पहिलोपोस्ट

१० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी

लन्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्।

संघको उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९/२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

बेलायतको अल्डरसटस्थित एम्पायर हलमा घोषणासभा मार्फत् आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।

‘एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने।

उम्मेदवारी घोषणा सभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गरेका छन्।

उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

पर्वतको धाइरिङमा जन्मिएका आचार्य दुई दशकदेखि बेलायतमा विभिन्न व्यावसायमा आवद्ध छन्। गैर आवासीय संघ बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै संघको युरोप संयोजकको रुपमा काम गरिसकेका उनी हाल केन्द्रीय उपाध्यक्ष छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell