PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गण्डकी प्रदेशमा राष्ट्र बैंकले ११ अर्वको नयाँ नोट बाड्ने



विष्णु गौतम

गण्डकी प्रदेशमा राष्ट्र बैंकले ११ अर्वको नयाँ नोट बाड्ने

कास्की : दशैंको अवसरमा पोखरास्थित नेपाल राष्ट्र बैंकले दैनिक एक अर्ब २० करोड बराबरको खुद्रा र नयाँ नोट वितरण गर्ने भएको छ। गण्डकी प्रदेश हेर्ने गरी पोखरामा रहेको राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण कार्य सुरु गरेको हो।

पहिलो दिन आज आफ्ना नोट कोश भएका बैंकका शाखाहरु र पोखरास्थित अन्य बैंकहरुलाई प्रारम्भिक रुपमा नयाँ नोट वितरण गरेको नेपाल राष्ट्र बैंक पोखरा शाखाका सूचना अधिकृत राम कुमार कार्कीले जानकारी दिए।

उनले भने, 'हामीले पहिलो चरण अन्तर्गत आजबाट नयाँ नोटहरु वितरण कार्यलाई सुरु गरेका छौं। सर्वसाधारणका लागि भने आउदो १० गते शुक्रवारबाट घटस्थापनाको अघिल्लो दिनसम्म वितरण गरिनेछ।'

राष्ट्र बैंकले दशैंको अवसरमा नयाँ र आवश्यकता अनुसारको खुद्रा नोटहरु बजारमा पठाउने गरेको छ। यो अवधिमा साना नोटहरु मात्रै करिव एक अर्व ५० करोड वितरण गर्ने लक्ष्य राष्ट्र बैंक पोखरा शाखाको छ। सोहि नीति अनुसार राष्ट्र बैंकले ५, १०, २०, ५०, १०० लाई साना नोठ र ५०० र हजारका नयाँ नोटलाई ठुला नोटका रुपमा परिभाषित गर्दै बजारमा वितरण गरेको छ।

राष्ट्र बैंक पोखरा शाखाका सूचना अधिकारी कार्कीका अनुसार नयाँ नोटहरु राष्ट्र बैंकले तीन प्रकृयाबाट वितरण गर्ने गरेको छ। राष्ट्र बैंकले सिधै सर्वसाधारणलाई वितरण गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत वितरण गरिने र नोट कोष संचालन भएका जिल्लाका बैंकहरुबाट वितरण गरिने छ।

यो अवधिमा राष्ट्र बैंकले गण्डकी प्रदेशमा ११ अर्व रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने बताएको छ। जसमध्ये सर्वसाधारणलाई सोझै ३ अर्व, विभिन्न बैंकहरु मार्फत ३ अर्व, नोटकोश मार्फत ३ अर्व, सरहकारी तथा लधुवित्तहरु मार्फत डेढ अर्व र अन्य विभिन्न सरोकारवाला निकायको सिफारिसमा ५० करोड वितरण गर्ने लक्ष्य राष्ट्र बैंकको छ। साना नोटहरु दशैं प्रयोजन र सटहि योजनाका लागि जाने भए पनि अन्य ठुला नोटहरु अन्य व्यवसायिक प्रयोजनका लागि मात्रै वितरण गरिने उनको भनाई छ।

उनले भने, 'कतिपय सर्वसाधारणहरुले गतवर्षका नयाँ नोटहरुलाई पनि जस्ताको त्यस्तै राष्ट्र बैंकमा फिर्ता गरेका कारण पनि हामी आवश्यक रुपमा मात्रै नयाँ नोट वितरण गर्ने सोचमा छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell