PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौं भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell