
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का प्रवक्ता एवम् प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अरुको सिद्धान्तको नक्कल गर्न नहुने बताएका छन्।
उनले बुधबार ट्वीटमार्फत सि जिनपिङ् विचारधाराबाट ने क पाले केही कुरा सिक्ने तर नक्कल नगर्ने कुरामा स्पष्ट हुन आग्रहसमेत गरेका छन्।
उनले लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी धारका अनुभवबाट ने क पा सिक्न तयार रहेको पनि उल्लेख गरेका छन्।
उनले ट्वीटमा भनेका छन्, 'सि जिनपिङ विचारधारा चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण निर्देशक सिद्धान्त हो, हाम्रो होइन। हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी धारका अनुभवबाट सिक्न तयार छौँ। तर हामी नक्कल गर्दैनौँ। यसमा अस्पष्ट हु्नुपर्ने कारण छैन।'
— NKShresthaPrakash (@nksthaprakash) September 25, 2019
गत सोमबार र मंगलबार राजधानीमा सत्तारधारी दल ने क पाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चिनियाँ राष्ट्रपति सि जिङपिङका विचार र उनले अँगालेका सिद्धान्तबारे दुई दिन प्रशिक्षणा कार्यक्रम नै आयोजना गरेको थियो। उक्त कार्यक्रमले ने क पा भित्र विभिन्न चर्चा परिचर्चा शुरु भएको छ। पार्टीभित्र यस्तो चर्चा परिचर्चा शुरु हुन थालेपछि प्रवक्ता श्रेष्ठले अस्पष्ट नहुन सबैसँग अनुरोध गरेका हुन्।