PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

मुम्बईमा बसेर नेपाली बैंकबाट ५ अर्ब लुट्ने 'काले' को योजना : १२ जना एजेन्ट समातिए



सविन ढकाल

मुम्बईमा बसेर नेपाली बैंकबाट ५ अर्ब लुट्ने 'काले' को योजना : १२ जना एजेन्ट समातिए

काठमाडौं : नेपालको बैंकबाट पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित भएका १२ जना एजेन्टलाई महानगरीय  अपराध महाशाखाले नियन्त्रणमा लिएको छ। कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर रकम झिकिएपछि अनुसन्धानमा परिचालन भएको महाशाखाको टोलीले उनीहरुलाई पक्रेको हो।

'भारतमा बसेर बैंकबाट पैसा लुट्ने योजना बनाएको देखिन्छ,' महाशाखाका एसएसपी सहकुल थापाले भने, 'उनीहरुले ५ अर्ब रुपैयाँ लुट्ने लक्ष्य लिएका रहेछन्।'

काले भनिने पिटरको योजनामा रकम लुट्ने तय भएको अनुसन्धानमा खुलेको छ। योजनाकारको पूरा विवरण भने प्रहरीले खुलाएको छैन। 

लुट मच्चाउन सक्रिय उनीहरुले कृषि विकास बैंकका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गरेका थिए। ट्रान्सफर गरेको रकममध्ये ६० लाख रुपैयाँको नोट उनीहरुले निकालिसकेका थिए। धनगढीबाटमात्रै १९ लाख रुपैयाँ निकालिएको थियो।

लुटका लागि उनीहरुले कृषि विकास बैंकको लहान शाखाबाट कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। एजेन्टका रुपमा प्रयोग भएका व्यक्तिहरु पक्राउ परेको भए पनि लुटको सुत्रधार को भन्ने खुल्न सकेको छैन। वीच्याट मार्फत् एजेन्ट र उनीहरुलाई लुटमा सक्रिय गराउनेबीच सम्बन्ध भएको देखिएको एसपी थापाले जानकारीदिए।

कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर उनीहरुले एक पटकमा ९९ लाख रुपैयाँसम्म ट्रान्सफर गरेको देखिएको छ। 'कर्मचारीको आइडी उनीहरुको मिलेमतोमा दिइएको हो या ह्याक भएको भन्ने खुलिसकेको छैन,' थापाले भने, 'यसमा अनुसन्धान जारी छ।'

पहिलो पटक असोज ५ गते आइतबार पानस रेमिटेन्सबाट एकै व्यक्तिले ६० हजार रुपैयाँ झिकेका थिए। उनलाई प्रहरीले पछ्याउँदा ३१ लाख नगदसहित पक्रन सफल भएको थियो। समातिएका मार्फत् नै प्रहरीले १२ जनालाई नियन्त्रणमा लिन सकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell