PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पाकिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते



पहिलोपोस्ट

पाकिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
फोटो : AFP।

इस्लामावाद : पाकिस्तानमा मंगलवार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको प्रहरीले बताएको छ।

भूकम्पका कारण कम्तीमा ४७६ जना घाइते भएको सरकारी र स्थानीय सञ्चार माध्यमले बुधवार विहान जनाएका छन्।

पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो।

मंगलवार अपराह्नमा गएको उक्त भूकम्पको कारण पाकिस्तान प्रशासित कश्मीरका कतिपय स्थानहरुका घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरुमा क्षति भएको बताइएको छ।

पूर्वी पाकिस्तान र भारतमा समेत भूकम्पको झड्का महसुस भएको थियो। भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell