PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

म हलो जोतेर आएको हुँ, जमीनको टुक्रो पनि खाली नराख : प्रम ओली



पहिलोपोस्ट

म हलो जोतेर आएको हुँ, जमीनको टुक्रो पनि खाली नराख : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथग्रहण समारोहलाई आज ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए।

'म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाई जमिन, सिंचाई र उत्पादनबारे राम्रोसँग थाहा छ,' प्रधानमन्त्री ओलीले भने, 'सिंचाई र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।'

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरणलगायत कार्यक्रम मार्फत् यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौं। हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ,' उनले भने।

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यत बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell