PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सत्तारुढ दलकै प्रवक्ता भन्छन् : महँगी बढ्यो, नियन्त्रणमा लिऊ सरकार



पहिलोपोस्ट

सत्तारुढ दलकै प्रवक्ता भन्छन् : महँगी बढ्यो, नियन्त्रणमा लिऊ सरकार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपभोग्य बस्तुहरुमा भएको मूल्य वृद्धिको विरोध गरेका छन्।

प्रवक्ता श्रेष्ठले आज ट्विट गर्दै चाडवाडको मुखमा भएको चर्को मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न समेत सुझाव दिएका छन्।

'उपभोग्य बस्तुहरुको भाउ साह्रै बढ्यो। चाडवाडको मुखमा भएको यस्तो चर्को मुल्यबृद्धि नियन्त्रण गर्न सरकार-प्रशासनले तत्काल गम्भीर कदम चाल्नु पर्‍यो,' उनले ट्वीटमा भनेका छन्।

पछिल्लो समय उपभोग्य बस्तुहरुको मूल्य बढेको छ। राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत साउन महिनामा दैनिक उपभोग्यवस्तुको मूल्य करिब ७ प्रतिशतले बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell