PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना



पहिलोपोस्ट

नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्कः नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ।

संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरे।  

राष्ट्र सङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त समारोहमा दुबै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गरिने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell