PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, खोलामा डुबेर एकजना बेपत्ता



पहिलोपोस्ट

म्याग्दीमा करेन्ट लागेर एकको मृत्यु, खोलामा डुबेर एकजना बेपत्ता
प्रतीकात्मक तस्विर

म्याग्दीः म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना बेपत्ता भएका हुन्।

बिजुलीको पोलमा चढेको बेला आकस्मिकरूपमा विद्युत् आपूर्ति हुँदा करेन्ट लागेर मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको स्थानीयवासी बालकुमार सुनारले जानकारी दिए। बल्वको होल्डर फेर्नका लागि छन्त्याल पोलमा चढेका थिए।

निलगिरि र रेलेखोलाको दोभानको जङ्गलमा अरिङ्गाल पोल्न जाने क्रममा पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा मिस्त्रीखोलामा बेपत्ता भएका हुन्। मिस्त्रीखोलामा काठको फड्के हालेर जङ्गलतर्फ जाने क्रममा गर्बुजा खोलामा खसेर बेपत्ता भएका जिसस सदस्य मेखबहादुर गर्बुजाले बताए। खोलामा राखिएको फड्के बगाएपछि फसेका तीन जनालाई नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ बेसक्याम्पका सैनिक र मिस्त्रीखोला जलविद्युत् आयोजनाको सहयोगमा राति उद्धार गरिएको जिसस सदस्य गर्बुजाले बताए।

बेपत्ता गर्बुजा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी हाइ हिमाल कन्ट्रक्सनका मजदूर हुन्। उनको खोजी जारी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell