PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

ला लिगाः जितसँगै रियल मर्डिड शीर्ष स्थानमा



पहिलोपोस्ट

ला लिगाः जितसँगै रियल मर्डिड शीर्ष स्थानमा

स्पेनिस ला लिगाको गएराति भएको खेलमा ओसासुनालाई पराजित गरेसँगै रियल मर्डिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा मर्डिडले ओसासुनालाई २–० ले हराउँदै मर्डिड तालिकाको शीर्षस्थानमा उक्लिएको हो। मर्डिडले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा अर्को गोल गरेको थियो।

मर्डिडका लागि भिनिसिस जुनियरले ३६ औं मिनेटमा गोल गरे। पहिलो हाफमा १ गोलको अग्रता लिएको मर्डिडका लागि दोस्रो हाफमा रोर्डिगोले अर्को गोल थपे। उनले खेलको ७२ औं मिनेटमा गोल गरेका हुन्।

यो जितसँगै मर्डिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मर्डिडले ४ जित र २ बराबरीसँगै १४ अंक जोडेको छ। त्यस्तै दोस्रो स्थानमा ६ खेल खेलेर ४ जित १ हार र १ बराबरी खेलेको एथ्लेटिको मर्डिड छ। उसको १३ अंक छ। त्यस्तै तेस्रो र चौथो स्थानमा १२ र ११ अंकसहित एथ्लेटिक क्लब र ग्रानडा छन्। बार्सिलोना तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell