PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

सिद्धान्तको टुंगो नभएका कम्युनिस्टहरु नेपालमा ‘सि’ पथ परीक्षण गर्न लागे : वरिष्ठ नेता पौडेल



पहिलोपोस्ट

सिद्धान्तको टुंगो नभएका कम्युनिस्टहरु नेपालमा ‘सि’ पथ परीक्षण गर्न लागे : वरिष्ठ नेता पौडेल

दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई ब्यंग्य गरेका छन्। दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकालदेखि नै सिद्धान्तमा कन्फ्युज भएका कम्युनिस्टहरुले मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद र के के भन्दै अहिले सि पथमा जाने तयारी गरिरहेको आरोप लगाए।

वरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिस्टहरु हिजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के के हुँदै अहिले सी पथमा पुगेका छन् । समाजवादउन्मुख राज्य भन्दै हिँडेका छन् कम्युनिस्टहरु तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन्। कहिले के कहिले के भनेर छलछाम गर्दै हिँडेका छन्। जनतालाई गुमराहमा राख्ने काम गरिरहेका छन्। आफूहरु सिद्धान्तमा नै कन्फ्युज भएपछि जनतालाई पनि कन्फ्युजनमा राख्ने प्रयास गरिरहेका छन्।’

उनले कम्युनिस्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण उनीहरुले मुलुकलाई अगाडि बढाउन नसकेको बताए। पौडेलले भने, ‘समाजवादउन्मुख राज्य भन्दै हिँडेका छन्, कम्युनिस्टहरु तर के हो भन्ने सक्दैनन्। सिद्धान्तको कन्फ्युजनले गर्दा मुलुकलाई असफलतातर्फ लैजान खोज्दै छन्।’

वरिष्ठ नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उदघाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्नेभन्दा कम्युनिस्ट नेताहरुले अरु केही काम गर्न नसकेको आरोप लगाए। उनले भने, ‘सरकार बनेको यति समयसम्म पनि केही काम गर्न सकेको छैन। अहिलेसम्म जनताले हत्या, बलात्कार, हिंसा, भ्रष्टाचारभन्दा केही पाएका छैनन्। कम्युनिस्टले जनतालाई दिएको उपहार यिनै हुन्।’

नेता पौडेलले नयाँ परियोजना सुरु गर्दा सरकारमा भएका मान्छेहरुले कमिशनको भाग खोज्न थालेको बताए। उनले भने, ‘देशका विकास योजनाको कम्युनिस्टहरुले कमिशनको भाग खोजेका छन्। यसले गर्दा देशका जनतामा निराशा छाएको छ।’ कम्युनिस्ट नेताहरु फेरि अर्को आन्दोलन आवश्यक भएको बताउँदै हिँड्न थालेको भन्दै यो अर्को मूर्खता मात्र हुने पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell