PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

रेलवे स्टेसनमा गीत गाएर रातारात भाइरल भएकी रानुको जीवनीमा फिल्म निर्माण हुँदै



पहिलोपोस्ट

रेलवे स्टेसनमा गीत गाएर रातारात भाइरल भएकी रानुको जीवनीमा फिल्म निर्माण हुँदै
फोटो : sentinelassam.com।

गायिका लता मंगेशकरको 'प्यारका नगमा है' बोलको गीत कोलकाता नजिकैको रानाघाट रेलवे स्टेसनमा गाएर भाइरल भएकी रानु मण्डलको जीवनमा आधारित बायोपिक फिल्म निर्माण हुने भएको छ।

रानुको जीवनबाट प्रभावित भएर फिल्ममेकर ऋषिकेश मण्डलले बायोपिक बनाउने योजना बनाएका हुन्। उक्त बायोपिकमा अभिनेत्री सुदिप्ता चक्रवर्ती रानु भण्डलको भूमिकामा देखिने छिन्। चक्रवर्ती नेशनल अवार्ड विजेता समेत हुन्।

यसअघि रानुले रेलवे स्टेशनबाट एकैपटक स्टुडियोमा बलिउड गायक हिमेश रेशमियासँग 'तेरी मेरी हीर' बोलको गीत गाएकी थिइन्। जसलाई दर्शकहरुले  निकै रुचाइरहेका छन्। हिमेशले रानुले गाएको गीत फिल्म 'ह्याप्पी हार्डी एन्ड हिर' मा पनि समावेश गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell