PahiloPost

May 15, 2024 | २ जेठ २०८१

हल्लै हल्लाको देश : लामिछानेको प्रश्न, 'सुन्ने कुरा धेरै हुन्छ, कसको सुन्नुहुन्छ तपाईले?'



मुकुन्द घिमिरे

हल्लै हल्लाको देश : लामिछानेको प्रश्न, 'सुन्ने कुरा धेरै हुन्छ, कसको सुन्नुहुन्छ तपाईले?'
फोटो : Chris Whiteoak/The National ।

केही दिनयता सामाजिक सञ्जालमा सन्दीप लामिछानेले पारस खड्कालाई इन्स्टाग्राम र ट्वीटरमा अनफलो गरेको विषयले चर्चा पाएको छ। एक थरी समर्थकहरु आफ्नै कप्तानलाई अनफलो गर्नु गलत भएको भन्दै लामिछानेको विपक्षमा उत्रिएका छन् भने केही समर्थकले यो आफ्नो व्यक्तिगत कुरा भएको बताएका छन्।

यो हल्लै हल्लाको देश हो भनेर भुपी शेरचनले भनेजस्तो सन्दीपले किन पारसलाई अनफलो गरे भनेर विभिन्न हल्ला फैलिएको छ। कोही समर्थकले उपकप्तान नबनाएकाले अनफलो गरेको भनेर हल्ला फिजाँएका छन् भने केहीले जारी क्यारेबियन प्रिमियर लिग 'सिपिएल' बीचमै छोड्नु परेकोले रिसाएको समेत भनेका छन्। कसैले त दम्भ बढेको भनेर पनि भन्न भ्याएका छन्। कुनै हल्लामा अधिकारिकता भने छैन। सबैले आआफ्ना किसिमले 'हल्ला' फैलाइरहेका छन्।

त्यसो त हाल लामिछानेले ट्वीटरमा १८ जनालाई फलो गरेका छन् भने उनलाई १ लाख ६२ हजार भन्दा बढिले फलो गरेका छन्। उनको फलोइङ लिस्टमा सोमपाल कामी, विनोद दास, भावना घिमिरे, रमन शिवाकोटी, करण केसी लगायतका क्रिकेट सम्बद्ध व्यक्तिहरु छन्।

त्यस्तै उनको फलोइङ लिस्टमा म्याक्सवेल, राशिद खानलगायतका विदेशी क्रिकेटरहरु पनि छन्। संगीतमा रुची राख्ने उनले गायक राजु लामालाई पनि फलो गरेका छन्। उनको फलोइङ लिस्टमा पारस खड्का भने छैनन्। पारस खड्काले भने लामिछानेलाई फलो गरका छन्।

पारस खड्काले यस विषयमा चासो दिएका छैनन् तर सन्दीप लामिछानेले यस विषयमा मुख खोलेका छन्। आज मिलन सापकोटा भन्ने ट्वीटर प्रयोगकर्ताले सन्दीप लामिछानेलाई मेन्सन गर्दै सन्दीप लामिछाने सँधै विवादमा आउने गरेको आरोप लगाएका छन्। उनले सन्दीप लामिछाने पैसाले मातेको आरोप लगाउँदै सिपिएलबाट बोलाएकाले रिसाएको दाबी गरेका छन्।

 

उनले अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लगत कार्कीलाई मेन्सन गर्दै लामिछाने बारे टिप्पणी गरेका हुन्।

के भने लामिछानेले?

यता सन्दीप लामिछानेले मिलन सापकोटाको क्वोट रिप्लाइ गर्दै ‘सुन्ने कुरा धेरै हुन्छन र तपाइले कसको कुरा सुन्नुभयो?’ भनेर प्रश्न गरेका छन्। उनी अगाडी लेख्छन्, ‘म पनि हेरौ न कसले भनेको रहेछ कि सिपिएलबाट बोलाएकोले म रिसाएँ।’

 

लामिछानेले आफ्नो बारेमा कुरा नबुझि आफूलाई जज गरेको भन्दै असन्तुष्टि पोखेका छन्।

‘सत्य कुरा नबुझिकनै जे पनि भन्न सजिलो हुन्छ। तपाइँले कति सजिलै मलाई जज गर्नु भयो है?’ उनले अगाडि लेखेका छन्, ‘मन सफा हुनुपर्छ पैसा त आउने जाने कुरा हो।’ 

सन्दीप लामिछानेले ट्वीटरमा असन्तुष्टि पोखेसँगै फेरि खड्कालाई अनफलो गरेको विषयमा चर्चा परिचर्चा सामाजिक सञ्जालमा चुलिएको छ।

नेपाली क्रिकेट टोली अहिले त्रिकोणात्मक सिरिजका लागि  सिंगापुरमा छ। ट्वीटरमा रिप्लाइ गरेपछि सन्दीपले फेरि अर्को पोस्ट गरेका छन्। जसमा उनी सोमपाल कामी, करण केसीलगायतका खेलाडीहरुसँग देखिएका छन्। क्याप्सनमा उनले लेखेका छन् ‘ब्यूटिफुल डे एट सन्नी सिंगापुर।’

 

नेपालले सिंगापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बाबेसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छ। नेपालले असोज १० गते जिम्बावेसँग खेल्ने छ। त्यस्तै, दोस्रो खेलमा  आयोजक सिंगापुरसँग ११ गते प्रतिस्पर्धा गर्ने छ। फेरि १४ गते जिम्बावे र १५ गते सिंगापुरसँग खेल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell