PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, कुन दलको भागमा के?



पहिलोपोस्ट

उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, कुन दलको भागमा के?

काठमाडौं : निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ।

आयोगले हालै दर्ता भएका २१ दललाई चुनाव चिह्न प्रदान गरेको हो। आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिह्न दिएको जनाएको छ।

उपनिर्वाचनका लागि साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई चुनाव चिह्न पाएका हुन्।

२०७४ सालमा निर्वाचनपछि विभिन्न कारण रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका ५१ पदका लागि हुने उपनिर्वाचनका लागि गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ।

आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि आयोगमा दर्ता हुन आएका राजनीतिक दलहरुलाई चुनाव चिह्न दिएको हो।

मन्त्रिपरिषद्को गत असोज ७ गतेको निर्णयानुसार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रिक्त रहेको वडा अध्यक्ष पदका लागि पनि मंसिर १४ गते नै उपनिर्वाचन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिएका छन्।

कुन दलले कुन चिह्न पाए, हेर्नुहोस् सूची :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell