PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

एसिड आक्रमणका घाइते खड्का र खातुनलाई सरकारले जनही तीन लाख दिने  



पहिलोपोस्ट

एसिड आक्रमणका घाइते खड्का र खातुनलाई सरकारले जनही तीन लाख दिने  
फाइल फोटो।

काठमाडौं : सरकारले एसिड आक्रमणका घाइते जेनी खड्का र मुस्कान खातुनको उपचार खर्चका लागि जनही तीन लाख रुपैयाँ दिने भएको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले बिहीवारको नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्।

राजधानीको कालोपुलमा चार महिनाअघि जेनी खड्कामाथि उनका श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका थिए। घरायसी विवादमा भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको थियो।

वीरगंजकी १४ वर्षीया मुस्कान खातुनलाई प्रेम अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए। एसिड आक्रमणमा परेकी खातुनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell