PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ 



राधेश्याम पटेल

नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ 

वीरगंज : पर्सा प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र 'लाइसेन्स' बनाउने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वीरगंज-११ श्रीपुर बस्ने ५० वर्षीय मोहनलाल राउत कुर्मी र सोही ठाउँका ४० वर्षीय घनश्याम भण्डारी रहेको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताए।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले बिहीवार राति ७ बजे उनीहरुकै घरबाट पक्राउ गरि अनुसन्धान अघि बढाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। प्रहरी टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातहरु समेत बरामद गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell