PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सरकारका प्रवक्ता बास्कोटा भन्छन्, 'कांग्रेसका नेता पनि चीन आउजाउ गरेको देखेको छु'



पहिलोपोस्ट

सरकारका प्रवक्ता बास्कोटा भन्छन्, 'कांग्रेसका नेता पनि चीन आउजाउ गरेको देखेको छु'
फाइल फोटो।

काठमाडौं : सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच राजधानीमा भएको दुई दिने कार्यक्रमलाई वर्जित विषयको रुपमा चित्रित गर्नु डेमोक्रेसीकै मर्यादा विपरित भएको बताएका छन्। उनले बिहीवारको नियमित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै उक्त कार्यक्रमको विषयलाई उचाल्न आवश्यक नभएको पनि बताए।

उनले भने, 'के चिनियाँ कम्युनिस्ट पार्टीसित नेपालमा क्रियाशील कुनै पनि वैधानिक पार्टीहरुको सम्बन्ध छैन र?  वा त्यो सम्बन्धलाई अस्वीकृत गरेको कसैले घोषणा गरेको छ र? मैले त चिनियाँ पार्टीका नेताहरुले संघीय समाजवादी पार्टीको महाधिवेशनमा शुभकामना दिएको देखेको छु। नेपाली कांग्रेसको महाधिवेशनमा चिनियाँ नेताहरु आएको देखेको छु। अंगालो मारेको देखेको छु। चीनमा पनि कांग्रेसका नेता आउजाउ गरेको देखेको छु।'

उनले ने क पा उसकै पथतिर हिँड्ने भनाई राखे। उनले कुनै पनि विचार एक ठाउँमा कैद हुन नसक्ने बताए। भने, 'डेमोक्रेसी शब्द यहाँको उत्पादन हो र? यो त ग्रीकबाट जन्मेको हो। समाजवाद कांग्रेसका नेताहरुले भन्ने गरेको सुन्छु। समाजवादी विचार त युरोपमा जन्मेको होला?'

साथै बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण हुने कुराको प्रतिक्षामा रहेको पनि बताए।

ने क पा र चिनियाँ कम्युनिस्ट पार्टीबीच गत सोमवार र मंगलवार दुई दिने सि जिनपिङ विचारधाराबारे छलफल गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell