PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

साफ यू १८: आज सेमिफाइनलका खेलहरु हुँदै



पहिलोपोस्ट

साफ यू १८: आज सेमिफाइनलका खेलहरु हुँदै

काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ को सेमिफाइनल खेलहरु आज हुँदैछन्। आज हुने पहिलो पहिलो खेलमा समूह 'ए' को विजेता भुटानले समूह 'बी' को उपविजेता बंगलादेशको सामना गर्ने छ। त्यस्तै दोस्रो खेलमा समूह 'बी' को विजेता भारतले समूह 'ए' को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ।  हलचोक स्थित शसस्त्र प्रहरीको मैदानमा पहिलो खेल ११ बजे र दोस्रो खेल ३ बजे सुरु हुने छ।

समूह 'ए' बाट भुटान ४ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको थियो। उसले नेपाललाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो। माल्दिभ्सले समूह चरणका दुवै खेल बराबरी खेलेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए।

त्यस्तै समूह 'बी' बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे। भारत र बंगलादेशले समान ४ अंक र गोलान्तर पनि बराबरी भएपछि गोलाप्रथाबाट भारत समूह विजेता बनेको थियो। भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए भने दुवै टिमले श्रीलंकालाई ३–० गोलान्तरले पराजित गरेका थिए।

प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियाे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell