काठमाडौं: नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट सटही सुरु गरेको छ। शुक्रबारदेखि सर्वसाधारणका लागि नोट सटही शुरु गरिएको हो। राष्ट्र बैंकले योपटक नयाँ र एकपटक प्रयोग भइसकेको सुकिला नोट बाँड्दैछ।
सर्वसाधारणले नयाँ नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नोट सटही गर्नेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकास्थित कार्यालयबाट नोट सटही गरिएको छ।
नोट सटही हेर्नुस् तस्बिरमा