सिंगापुरमा आजबाट आयोजना हुने त्रिकोणात्मक सिरिजमा नेपालले बलियो प्रतिद्वन्दी जिम्बावेको सामना गर्दै छ। खेल नेपाली समय अनुसार बेलुकी सवा ५ मा सुरु हुनेछ।
युवा खेलाडीहरुले भरिएको नेपाली टोलीले टेस्ट मान्यताप्राप्त जिम्बावेको सामना गर्न लागेको हो। क्रिकेटको राम्रो अनुभव बोकेको जिम्बावे बलियो टोली हो। यता नेपाली टोलीमा शरद भेषवाकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ललगायतका अनुभवी खेलाडीहरु छैनन्। यद्यपि, इशान पाण्डे, कुशल मल्लजस्ता युवा खेलाडीहरुले आफ्नो प्रदर्शन देखाउने मौका पाउनेछन्। यो सिरिजलाई युवा खेलाडीहरुको सिनियर टिममा आफ्नो स्थान बनाउने मौकाको रुपमा हेरिएको छ।
नेपालले दाेस्राे खेल आयोजक सिंगापुरसँग भाेलि प्रतिस्पर्धा गर्ने छ। त्यस्तै १४ गते जिम्बावे र १५ गते सिंगापुरसँग खेल्ने छ।
नेपाली टिम
पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), इशान पाण्डे, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी, रोहितकुमार पौडेल, सुशन भारी, पवन सर्राफ र अभिनाश बोहोरा
यसरी गरिरहेका छन् नेपाली खेलाडीहरुले सिंगापुरमा अभ्यास