PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रक्षा मन्त्रीले उद्‍घाटन गरेको विद्युतीय बसमा झेली त भएको होइन?



पहिलोपोस्ट

रक्षा मन्त्रीले उद्‍घाटन गरेको विद्युतीय बसमा झेली त भएको होइन?

वीरगंज : दुई साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बस उद्घाटन गरे। सुन्दर यातायातले ल्याएको विद्युतीय बस उद्घाटन गरेर पोखरेलले त्यसमा यात्रा पनि गरे।

उद्घाटनका दिनमा यो कम्पनीले रिङरोडमा दुई वटा विद्युतीय बस संचालनमा ल्यायो। कार्डमार्फत् भाडा तिर्न सकिने अत्याधुनिक बस संचालन ल्याएको सुन्दर यातायात अन्तर्गतकै अर्को कम्पनी सुन्दर यातायात ट्रेडर्सले बिहीवार विद्यतीय बस र साना गाडी बिक्रीको सूचना जारी गर्‍यो।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले सार्वजनिक बस चलाउन यातायात कम्पनी र गाडीको बिक्री गर्न ट्रेडर्स कम्पनी खडा गरेको बताए।

‘काठमाडौंमा विदयुतीय गाडी यातायात कम्पनीमार्फत् चल्छ। विद्युतीय गाडी पनि आयात गरेर बिक्री गर्नका लागि ट्रेडर्स कम्पनी खोलेका छौं। त्यही कम्पनीले गाडी बेच्ने सूचना जारी गरेको हो,’ उनले भने।

दुईवटा गाडी कसरी आयो?

सुन्दर ट्रेडर्सले चीनबाट ल्याएको बस एक महिनाअघि वीरगंज भन्सारबाट जाँचपास भएको देखिन्छ। ट्रेडर्सले सिचुवान गोन्जाओ अटोमोबाइल्स कम्पनी लिमिटेडबाट प्रति बस (४० सिटे) करिब ९० हजार अमेरिकी डलरमा खरीद गरेर ल्याएको वीरगंज भन्सारको अभिलेखमा देखिन्छ।

वीरगंज भन्सारमा गाडी आए पनि सुरुमा जाँच पास भएको थिएन। यातायात व्यवस्था विभागबाट रोड वर्थिनेस परीक्षणका लागि गाडी आयात गरिएको भन्दै पत्र पठाएपछि भन्सारले जाँच पास गरेको हो।

वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोले विभागको पत्रका आधारमा गाडी जाँच पास गरेको बताए। विभागका मेकानिकल इन्जिनियर मोहनप्रसाद भट्टराईको हस्ताक्षर रहेको भदौ २ को पत्रमा सडक परीक्षण (रोड वर्थनेस टेस्ट) का लागि २ वटा गाडी मगाएकाले जाँच पास गर्ने ब्योहोरा छ।

कुन कम्पनीको हो गाडी?

सुन्दर ट्रेडर्सले चीनको विएके ग्रुप अन्तर्गतको एलडी कम्पनीले उत्पादन गरेको विद्युतीय गाडी ल्याएको दाबी गरेको छ।

‘चीनमा विएके ग्रुप अन्तर्गत एलडी कम्पनी छ। त्यो कम्पनीले उत्पादन गरेको गाडी हामीले ल्याएका हौं,’ कम्पनीका अध्यक्ष थापाले भने, 'हामीले कानुनी हिसाबले नै गाडी भित्र्याएका छौं। एलटी कम्पनीले विद्युतीय गाडी एसेम्बल्ड गर्छ। त्यही कम्पनीसँग सम्झौंता गरेर विद्युतीय गाडी ल्याएका हौं।’

तर, भन्सार जाँच पासका लागि पेश गरेको कागजमा भने सिचुवान गोन्झाओ अटोमोबाइल्स कम्पनी पेश गरेका छन्।

कसरी ल्याउन पाइन्छ गाडी?

नेपालमा नयाँ सवारी साधन आयात गर्न दुई वटा बाटा छन्। पहिलो बाटो हो, निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत् सवारी साधनको आयात गर्ने।

दोस्रो बाटो हो, निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक बिक्रेता तोक्ने अनि त्यही आधिकारिक बिक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक बिक्रेतामार्फत् सवारी साधन आयात गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell