PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

फट्यांग्राले लात्ती हान्न सक्दैन: ने क पा महासचिव विष्णु पौडेल



पहिलोपोस्ट

फट्यांग्राले लात्ती हान्न सक्दैन: ने क पा महासचिव विष्णु पौडेल
फाइल फोटो

काठमाडौं: ने क पाका महासचिव विष्णुप्रसाद पौडेलले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चुनौती रहेको उनको भनाइ छ। पौडेलले कार्यकर्तालाई गाउँमा गाउँमा पठाउने पनि बताए। आन्दोलनका उपलब्धिलाई कसैले खोस्न नसक्ने भन्दै उनले भने, 'फट्यांग्राले लात्ती हान्न सक्दैन।'

नेपालको कम्युनिस्ट पार्टी विश्वमा बहसको विषय बनेको बताएका छन्। सम्पर्क कमिटीद्वारा राजधानीको योगम्वर पार्टी प्यालेसमा आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना कार्यक्रममा उनले विश्वमा कम्युनिस्टले धक्का खाएको बेलामा नेपालले कसरी चमत्कार गर्‍यो भनि ने क पा विश्वभरि चर्चाको विषय बनेको बताए।

उनले नेपालको कम्युनिस्ट आन्दोलन नबुझी संसारको कम्युनिस्ट आन्दोलन नबुझिने पनि बताए। ने क पाको सफलता प्रतिक्रियावादीहरुका लागि टाउको दुखाईको विषय बनेको उनको भनाई थियो। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ने क पाकै पहलमा स्थापना हुनु सफलता भएको बताए।

पौडेलले पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउन ढिला भएको स्वीकार गर्दै केही हप्तामै सबै प्रक्रिया टुंगोमा पुग्ने बताए। उनले नेपाली काँग्रेसभित्र मसिनो रुपमा हिन्दू अधिराज्य चाहिन्छ भन्ने आवाज सुनिन थालेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell