PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेकपालाई चिलसँग तुलना गर्दै पार्टी एकताबारे प्रचण्डले भने, 'हात्ती छिराइसक्यौं, पुच्छरमात्र बाँकी छ, सजिलै छिर्छ'



कुञ्जरमणि भट्टराई

नेकपालाई चिलसँग तुलना गर्दै पार्टी एकताबारे प्रचण्डले भने, 'हात्ती छिराइसक्यौं, पुच्छरमात्र बाँकी छ, सजिलै छिर्छ'

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता लगभग टुंगोमा पुगेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सम्पर्क कमिटीद्वारा राजधानीको योगम्बर पार्टी प्यालेसमा आयोजना गरेको भेला र दशैंतिहारको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केही काममात्र बाँकी रहेको उल्लेख गरे।

कार्यक्रममा उनले भने, 'करिब करिब हात्ती छिराइसक्यौं, पुच्छरमात्र बाँकी छ, सजिलै छिर्छ।' उनले कम्युनिस्ट पार्टीलाई चिलको संज्ञा पनि दिए। प्रचण्डले भने, 'लेनिनले रोजाको समयमा भनेको कुरा मलाई याद आउँछ, उहाँले कुखुरा र चिलको कुरा गर्नुभएको छ। चिल पनि कहिलेकाहीँ जमिनमा आएर खस्रन्छ। खोस्रन्छ कुखुरा जस्तै । तर कुखुराले कहिल्यै उडान भर्न सक्दैन। कम्युनिस्टहरु ति चिल हुन जसले उडान भरेपछि त्यो उचाइमा पुग्छन्।'

प्रचण्डले एक बर्ष कुखुराले जस्तो खोस्रिए पनि अब चिलले जस्तो उडान भर्ने बेला आएको बताए। अबको एक बर्षमा जनताको रोजाईको एक मात्र पार्टी बनाएर विश्राम लिने विश्वास उनले दिलाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell