PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

आफ्नै ट्रकले च्यापेर चालकको मृत्यु



पहिलोपोस्ट

आफ्नै ट्रकले च्यापेर चालकको मृत्यु

जिरी : दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकका चालकको मृत्यु भएको छ।

ट्रक चालक ३५ वर्षीय विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रवार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ।

अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भित्तामा ठोकिन गई उनलाई अगाडिपटिको टायरले च्यापेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell