
नयाँ दिल्ली : भुटानमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको इन्डिया टुडेले बताएको छ।
चिता नामक भारतीय सेनाको सो हेलिकप्टर भारतको खिर्मुबाट भुटानको योङफुल्ला जाने क्रममा आज दिउँसो १ वजेतिर दुर्घटना भएको हो। योङफुल्लामा अवतरणको क्रममा नजिकैको खेन्टोङमानी भन्ने पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको बताइएको छ।
मृत्यु हुनेमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल रजनीश पार्मर र भुटानी सेनाका क्याप्टेन कालज्याङ वाङदी रहेका छन्। मृत्यु भएका रजनीशको आज नै जन्मदिन रहेको पनि इन्डिया टुडेले बताएको छ। दुबै पाइलटको घटनास्थलमा नै मृत्यु भएको हो।