
काठमाडौं: नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन लोकतान्त्रिक फोरमसँग गरेको संगठानिक संरचनासम्बन्धी दस्तावेजलाई सर्वसम्मत पारित गरेको छ।
काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक संरचना समायोजनसम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति शेरबहादुर देउवाको उपस्थितमा पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको समेत उपस्थितिमा सम्पन्न समायोजन समितिको बैठकले उक्त निर्णय गरेको हो।
सहमतिको दस्तावेजअनुसार काङ्ग्रेसका साङ्गठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर/उपमहानगर/महानगर कार्यसमिति, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गरिने भएको छ।
यसअघि नेपाली कांग्रेसको काठमाडौंमा आयोजित महासमितिको बैठक (२०७५ मंसिर २८–पौष ८) मा नेपाली कांग्रेसका सभापति देउवा समक्ष तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारद्वारा प्रस्तुत पार्टी समायोजन र एकीकरणको प्रस्ताव गरेको थियो। जसअन्तर्गत गच्छदारलाई उपसभापति र २०० जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य (१४८ जना पर्यवेक्षक सहित) स्वीकार गरी अनुमोदन गरेको र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी सांगठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रश्ताव पेश गर्नका लागि केन्द्रीय कार्यसमितिको गत कात्तिक २० गतेको बैठकले पार्टी उपसभापति निधि–संयोजक, उपसभापति गच्छदार–सदस्य, सहमहामन्त्री डा. प्रकाशशरण महत–सदस्य, केन्द्रीय सदस्य महेश आचार्य–सदस्य र केन्द्रीय सदस्य दिपक गिरी–सदस्य रहेको समायोजन समितिको गठन थियो।
सम्पन्न समायोजन समितिको बैठकमा पार्टीका सभापति, नेता, पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको समेत उपस्थितिमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसबीच समायोजन गर्ने सहमति कायम भएको हो।
जिल्ला कार्यसमितिमा १३ उपसभापतिदेखि सहसचिवसम्म
(क) मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना।
(ख) सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना।
(ग) कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना।
(घ) बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना।
(ङ) सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना।
(च) सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ७÷७ जना।
(छ) झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ५÷५ जना।
(ज) वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १÷१ र सदस्य ३÷३ जना।
(झ) ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १÷१ र सदस्य ३÷३ जना।
काठमाण्डौ र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने।
(ञ) उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १÷१ र सदस्य २÷२ जना।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक वनावटलाई समेत समेट्ने गरी नाम छनौट गर्नु पर्नेछ।
(ट) अन्य जिल्लामा जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य÷आमन्त्रित गर्न सक्ने।
अरु समितिको संयोजन यस्तो
केन्द्रीय कार्यसम्पादन समिति
(क) पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजनको प्रस्तावलाई समेत ध्यानमा राखी सहमतिका आधारमा समावेश गर्ने।
महासमिति सदस्य
(क) महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य (१४८ जना पर्यवेक्षक)।
महाधिवेशन प्रतिनिधि
(क) महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य–महाधिवेशन प्रतिनिधि।
(ख) महासमितिको बैठकमा पर्यवेक्षकको रुपमा सहभागी १४८ जना महाधिवेशन प्रतिनिधि।
(ग) थप निर्णय भएका महाधिवेशन प्रतिनिधि २५२ जना।
केन्द्रीय विभाग
(क) पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने।
प्रदेश कार्यसमिति
(क) पार्टीले प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति
(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १००० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह–सचिव र सदस्य ८ जना। सुनसरी क्षेत्र नं. ३ को हकमा सदस्य संख्या ९ रहने।
(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा बढी र १००० भन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना।
(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा कम र ३०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना।
(घ) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना।
(ङ) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य÷ आमन्त्रित गर्न सक्ने।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति
(क) वुँदा नं. ८ बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत जुन प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको छ, सोही प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुने।
तर, सुनसरी जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा जिल्लामा भएको सहमती अनुसार हुने।
नगर/उपमहानगर/महानगर कार्यसमिति
(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने।
(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने।
(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर पालिकाको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर÷उपमहानगर÷महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्ने।
गाउँ कार्यसमिति
(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० वा सो भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने।
(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने।
(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने।
नगर/वडा गाउँ कार्यसमिति
(क) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा पदाधिकारी र सदस्य संख्या तोक्ने।
(ख) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने।
(ग) तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर÷गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने।
१३. सहमति भए अनुसारका पार्टीका विभिन्न तहमा समायोजित नामावली पार्टीको आधिकारिक प्रेस विज्ञप्ति मार्फत जानकारी गराईनेछ।
१४. तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजनका लागि प्राप्त नाममा कुनै कैफियत देखिएमा त्यस्तो नाम हटाउन सकिनेछ।
१५. भ्रातृ संघ एवं शुभेच्छुक संस्था ः भ्रातृ संघको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले र जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ। शुभेच्छुक संस्थाको समायोजनका लागि सम्बन्धित शुभेच्छुक संस्थाहरुसंग पार्टीले समन्वय गर्नेछ।
१६. तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रमा प्राप्त भई जिल्लामा पठाइएका क्रियाशील सदस्यता छानवीन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने। यस सम्बन्धमा ५१ वटै जिल्लालाई छानविन र अद्यावधि गरी शिघ्रातिशिघ्र क्रियाशील सदस्यताको नामावलीको सूची अनिवार्य रुपमा केन्द्रमा पठाउन पुनः निर्देश गर्ने।