PahiloPost

Jun 15, 2025 | १ असार २०८२

बिहानै बस दुर्घटना, एक्काइस जना घाइते



रासस

बिहानै बस दुर्घटना, एक्काइस जना घाइते

बैतडी : बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन्।

यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए।

गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर ‘रेफर’को तयारी भएको उनले बताए। अन्य घाइतेको अवस्था सामान्य रहेको छ। महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा आज बिहान ३ बजे दुर्घटनामा परेको हो।

बसका चालक फरार रहेका छन्। सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेका थिए। बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell