PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जापानको नारिताबाट पूरै सिट भरिएर नेपाल एयरलाइन्स आउँदा सबै दंग

जापानको नारिताबाट पूरै सिट भरिएर नेपाल एयरलाइन्स आउँदा सबै दंग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल वायुसेवा निगमले झण्डै एक वर्ष लगाएर काठमाडौं-ओशाका उडान गर्‍यो। लामो गृहकार्य गरेर निगमले ओशाका उडान गरे पनि यात्रु नपाएर एउटा उडान नै रद्ध गर्नुपरेको थियो।

ओशाका  उडानमा अहिले पनि यात्रु पुर्‍याउन हम्मे परिरहेको छ। तर, एउटा ट्राभल एजेन्सीले काठमाडौं-नारिता चार्टर उडान पूरै भरेर यात्रु ल्याएको छ। सुमेघ टुर्स एण्ड ट्राभलले चार्टर गरेको निगमको नारिता-काठमाडौं उडानमा २ सय ७४ सीट नै भरिएको थियो।

सुमेघ नेपालमा उडान गर्ने विभिन्न अन्तर्राष्ट्रिय कम्पनीको टिकट धेरै बिक्रीमा अवार्ड समेत पाइसकेको ट्राभल एजेन्सी हो। कम्पनीको अनुभवकै कारण चार्टर उडानमा निगमको वाइडबडी ३३०-३०० जहाज फूल अकुपेन्सी भएको हो।

'कम्पनीको नेटवर्क र अनुभवले पहिलो चार्टर उडानमा सबै टिकट बिक्री भयो। राम्रोसँग व्यवस्थापन गर्न सकेमा निगमको जापान उडान राम्रो हुनसक्छ भन्ने देखिएको छ,' निगमका एक अधिकारीले भने, 'हामीले स्वार्थलाई हेरेर होइन निगमको व्यवसायिकता हेरेर अगाडि बढ्नुपर्छ।'

कम्पनीका अनुसार बिहीवार काठमाडौं-नारिता जाने यात्रुको संख्या ७७ जना रहेको थियो। कम्पनीको पहिलो चार्टर उडानमा उर्जा मन्त्री वर्षमान पुन सहित नेपाली र जापानी नागरिक थिए।

कम्पनीका अनुसार नारिता-काठमाडौं दोस्रो चार्टर पनि हुँदैछ। 

'हाम्रो दोस्रो चार्टर उडानका लागि पनि उताबाट आउँदा पूर्ण रुपमा टिकट बुकिङ भइसकेको छ। अक्टोबर दुई तारिखमा काठमाडौंबाट जाँदा एक सय ९३ यात्रु रहेका छन् भने नारिताबाट आउँदा दुई सय ७४ यात्रु रहेका छन्,' कम्पनीका एक कर्मचारीले भने। चार्टर उडानका लागि सुमेघ र  निगमबीच करिब दुई महिना अगाडि काठमाडौं-नारिता-काठमाडौं चार्टर उडानका लागि सम्झौता भएको थियो।   



ट्रेन्डिङ पोस्ट

Ncell