PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तीन सय प्रतिशतसम्म भाऊ बढाउँदै मलभित्र कारोबार, अनुगमनमा जानेले गरे जरिवाना



पहिलोपोस्ट

तीन सय प्रतिशतसम्म भाऊ बढाउँदै मलभित्र कारोबार, अनुगमनमा जानेले गरे जरिवाना

  • गणेश सुवेदी -

काठमाडौं : सिभिल मलले खरीद मूल्य भन्दा तीन सय प्रतिशत बढीमा सामान बिक्री गरेको भेटिएपछि जरिवाना गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा बढी मूल्यमा बिक्री गरेको भेटिएपछि जरिवाना गरेको हो।

टोलीले बिलबिजक नभएको र मूल्यसूची समेत नराखेको पाइएको जनाएको छ। ती व्यवसायीलाई २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ। टोलीले मलमा रहेको पिपिएस फेसन सेन्टर, तिरुपति सपिङ सेन्टरलाई ५० हजार जरिवाना गरेको थियो। मलकै डिसी ड्रेस कोड र पायोनियर ट्रेड कर्न्सनलाई २०/२० हजार जरीवानासहित स्पस्टीकरण मागिएको छ।

अनुगमन टोलीसँग सामान आउने मुहान भन्सार नै सफा नगरी व्यवसायीलाई मात्रै निशानामा साँध्ने काम गरेको व्यवसायीले आरोप लगाएका थिए। विभागका शाखा अधिकृत कपिल रेग्मीले अनुगमनका क्रममा खरीद र बिक्री मूल्यमा तीन सय प्रतिशतसम्मको फरक पाइएपछि जरिवाना गरिएको बताए। उनले कतिपय पसलले सामान परिवर्तन नै गर्न नपाइने व्यवस्था अमान्य भएको बताए।

‘नो एक्सचेन्ज लेख्न पाइँदैन। उपभोक्ताले खरीद गरेको सामान एक हप्तासम्म फिर्ता गर्न पाउँछन्,’ उनले भने। अनुगमन टोलीमा रहेका कृष्णप्रसाद घिमिरेले अनुगमनको क्रममा उपभोक्तालाई बढी मूल्यमा सामान बिक्री गरेको पाइएको बताए। कन्जुमर आइकी अध्यक्ष विमला खनालले ४४ रुपैयाँमा किनेको लेगिन्ज तीन हजार रुपैयाँमा बिक्री गरेको पाइएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell