PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

साफ यू १८ : प्रतियोगितामा समान प्रदर्शन गरेका भारत र बंगलादेशमध्ये कसले लैजाला उपाधि?



पहिलोपोस्ट

साफ यू १८ : प्रतियोगितामा समान प्रदर्शन गरेका भारत र बंगलादेशमध्ये कसले लैजाला उपाधि?

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत आज फाइनल खेलमा  भारत र बंगलादेश प्रतिस्पर्धा गर्दै छन्। समूह 'बी' बाट समूह विजेता र उपविजेता बनेर आएका भारत र बंगलादेश फाइनल खेलमा फेरि आमने सामने हुन लागेका हुन्।

फाइनलमा पुगेका दुवै टिमको रोचक पक्ष यो छ की जारी प्रतियोगितामा यी दुवै टिमकाे पोस्टमा गोल भएको छैन। त्यस्तै दुवै टिमले समूह चरणमा विपक्षीलाई ७ गोल हानेका थिए भने सेमिफाइनलमा पनि समान ४ गोलको फराकिलो जित हात पारेका थिए।

प्रतियाेगिताकाे समूह चरणमा पनि यी टाेलीकाे भेट भएकाे थियाे। उक्त खेलमा भारत र बंगलादेश गाेलरहित बराबरीमा राेकिएका थिए।

सेफिफाइनलमा बंगलादेशले भुटानमाथि ४–० को जित निकालेको थियो भने भारतले माल्दिभ्समाथि ४–० को नै जित निकालेको थियो।
खेल आज साडे २ मा हल चोक स्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछ।

प्रतियाेगितामा समूह 'ए' बाट भुटान ४ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको थियो। उसले नेपाललाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो। माल्दिभ्सले समूह चरणका दुवै खेल बराबरी खेलेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए।

त्यस्तै समूह 'बी' बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्। भारत र बंगलादेशले समान ४ अंक र गोलान्तर पनि बराबरी भएपछि गोलाप्रथाबाट भारत समूह विजेता बनेको थियो। भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए भने दुवै टिमले श्रीलंकालाई ३–० गोलान्तरले पराजित गरेका थिए।

प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो। ह्याट्रिकको लक्ष्य लिएको नेपाल घरेलु मैदानमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियाे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell