PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

चितवनमा कुटिएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो



पहिलोपोस्ट

चितवनमा कुटिएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं : भष्टाचार अभियनताका रुपममा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि सांघातीक आक्रमण भएको छ।

शनिवार दिउँसो शाहीमाथि चितवनको चौविसकोठीमा रहेको एक होटेलबाट निस्केर सार्वजनिक सवारीमा भ्रष्टाचारविरोधी एक कार्यक्रममस्थलतिर जानै लाग्दै उनीमाथि आक्रमण भएको हो। आक्रमणबाट घाइते शाहीको चितवन मेडिकल अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उनलाई विमानबाट काठमाडौं ल्याइएको छ।

'नेपालका लागि नेपाली' नामक संस्थाको शनिवार घोषित कार्यक्रम नै थियो। तर, एउटा झुन्ड भने बिहानैदेखि कार्यक्रम रोक्ने तयारीमा लागेको थियो। प्रहरीले पनि बिहानै झडप हुन सक्ने संकेत पाएर सुरक्षा व्यववस्था मिलाएको थियो।

'एउटा पक्ष कार्यक्रम हुन नदिने, अर्को जसरी नि गर्ने पक्षमा थिए। बिहानै सुचना पाइसकेर सुरक्षा मिलाएका थियो,' एक प्रहरी अधिकृतले भने।

करिब साढे २ बजेतिर शाही चितवनमा बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट मैदान हेरेर चौविसकोठी हुँदै ग्लोबल होटेल फर्किएका थिए। शाहीको केही समयपछिमात्र कार्यक्रमा बोल्ने पालो थियो। तर, शाही आएको जानकारी पाएपछि एक समुहले उनीमाथि होटेल नजिकै पुगेर आक्रमण गरेको थियो।

'अज्ञात समुहले आक्रमण गरेको छ। एक जनालाई नियन्त्रणमा लिएका छौं,' जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले भने।

गत भदौ २८ गते राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाहीले विरोध गरेका थिए। विमानभित्र नै शाही लगायत अन्य यात्रुले मन्त्रीको कारण विमान ढिला भएको भन्दै आक्रोश पोखेका थिए। त्यसपछि शाही विभिन्न कारण चर्चामा आएका थिए।

त्यसको भोलिपल्ट नै ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गर्ने क्रममा केही युट्युवरहरु बीच सामान्य झडपको अवस्था सृजना भएपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरको नियन्त्रणमा २४ घन्टा रहेका शाहीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भदौ ३० गते रिहा भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell