PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कवि तीर्थ श्रेष्ठको कविता संग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक 



पहिलोपोस्ट

कवि तीर्थ श्रेष्ठको कविता संग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक 
फोटो : नेपालय।

काठमाडौं : कवि तीर्थ श्रेष्ठको कविता संग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'को सांगीतिक माहोलमा शुक्रबार साँझ श्रेष्ठको नयाँ पुस्तक विमोचन भएको हो।

कुनैबेला तरलवादको नामले चिनिएको साहित्यिक अभियानमा लागेका कवि श्रेष्ठ गीतकारका रुपमा पनि परिचित छन्। यसपालीको पलेँटी कवि श्रेष्ठको गीत तथा कविता लेखनको बारेमा केन्द्रित भएको थियो। कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत भएका थिए। साथै कार्यक्रमा श्रेष्ठले आफ्ना कविताहरु पनि सुनाएका थिए।

कवितासँग्रह 'धर्सैधर्साको चक्रव्यूह' र उनको सम्पूर्ण काव्यिक व्यक्तित्वमाथि निवन्धकार रोशन शेरचनले मन्तव्य व्यक्त गरेका थिए।

पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको सहकार्यमा भएको थियो। कवि श्रेष्ठको नयाँ कवितासंग्रहमा उनका १०८ वटा कविताहरु रहेका छन्। पब्लिकेसन्स नेपालयले उक्त कविता संग्रह बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell