PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

१२ वर्षपछि सञ्जिव उप्रेतीको दोस्रो उपन्यास 'हंस' सार्वजनिक



पहिलोपोस्ट

१२ वर्षपछि सञ्जिव उप्रेतीको दोस्रो उपन्यास 'हंस' सार्वजनिक

डाक्टर सञ्जिव उप्रेतीको उपन्यास ‘हंस’ सार्वजनिक भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजनागरी पुस्तक लोकार्पण गरिएको हो। पुस्तकमाथि वक्ता समेत रहेका साहित्यकार नयनराज पाण्डे र लेखक भूषिता वशिष्ठसँगै लेखक उप्रेतीले हंस अनावरण गरेका हुन्।

साहित्यकार नयनराज पाण्डेले एउटा लेखक ‘नबौलाइ’ हंस जस्तो पुस्तक लेख्न नसक्ने तर्क राखे। उनले पुस्तकमाथि बोल्दै भने,’म सञ्जिव जीलाई अझै बौलाउन सुझाव दिन्छु।‘

लेखक भूषिता वशिष्ठले भने कविता वाचनसँगै पुस्तकमाथि चर्चा सुरु गरेकी थिइन्। उनले भाषाशास्त्रको कोणबाट हेर्दा पनि नेपालमा ‘हंश’जस्तो पुस्तक आवश्यक रहेको बताइन्।

बुकहिलले प्रकाशन गरेको पुस्तकमा १२ खण्डमा विभाजित छ। चरा र मानिसबीचको सम्बन्धमार्फत कथा भनिएको पुस्तक २३२ पृष्ठको छ। उपन्यासको बजार मूल्य ४ सय रहेको छ।

लेखक उप्रेतीको यसअघि उपन्यास ‘घनचक्कर’ प्रकाशित छ। पुस्तक बाह्र वर्षअघि सार्वजनिक भएको थियो। 

फोटो: बुकहिल ट्वीटर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell