PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जङ्गली हात्तीले लियो ज्यान



रासस

जङ्गली हात्तीले लियो ज्यान

चितवन: जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार राति ९:४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो। तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell