PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

इपिएलः चेल्सीको जित, लिभरपुलको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

इपिएलः चेल्सीको जित, लिभरपुलको अपराजित यात्रा कायमै

इङलिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। घरेलु टोलीलाई हराउन लिभरपुलका लागि ७० मिनेटमा जर्जिनियो विज्नाल्डमले गोल गरे। खेलमा  लिभरपुलले बारम्बार आक्रमण गरेको थियो। तर, सेफिल्डका गोलकिपरले सबै प्रहारहरु उत्कृष्ट बचाउ गर्दै विफल बनाएका थिए। यद्यपि विज्नाल्डमको गोल भने गोलकिपरकै गल्तीका कारण भएको थियो।

चेल्सीको ब्राइटनमाथि जित
गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनमाथि २–० को जित निकालेको छ। पहिलो हाफ बराबरीमो रोकिएको खेलमा चेल्सीले दोस्रो हाफमा २ गोल गर्दै जित सुनिश्चित गरेको थियो।


खेलको ५० औं मिनेटमा चेल्सीले पेनाल्टीबाट अग्रता लिएको थियो। चेल्सीका लागि जर्जियोले गरेको पेनाल्टी प्रहार गोल भएको थियो। त्यस्तै, ७६ औं मिनेटमा विलियन लाम्पार्डले गोल गर्दै जित सुनिश्चित गरे।

टोटनह्यामको जित
गएराति भएको अर्को खेलमा १० खेलाडीमा सीमित टोटनह्यामले साउथ ह्याम्टनलाई २–१ को गोल अन्तरले पराजित गर्‍यो। खेलको २४ औं मिनेटमा एनडोम्बेलेले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए।

३१ औं मिनेटमा औरियर रेडकार्ड खाँदै बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा सीमित भएको थियो। खेलको ३९ औं मिनेटमा टोटनह्यामका गोलकिपरको गल्तीको फाइदा उठाउँदै इङ्ग्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर, फेरि ४३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए, जुन जितका लागि पर्याप्त बन्न पुग्यो। दोस्रो हाफमा दुवै टिम गोल गर्न असफल रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell