PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

खोलाले बगाउँदा खोटाङमा एक जनाको मृत्यु



पहिलोपोस्ट

खोलाले बगाउँदा खोटाङमा एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर

खोटाङः बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ। केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो।

खोला तर्ने क्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करिब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन्। घटनाका बारेमा जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी वामदेव गौतमले जानकारी दिए।

शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको आफन्तले जनाएका छन्। घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell