PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

घरघरमा घटस्थापनाः हनुमानढोकाको दशैँघरमा राखियो जमरा

घरघरमा घटस्थापनाः हनुमानढोकाको दशैँघरमा राखियो जमरा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ। आज बिहान १०:३५ बजेको विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ।

घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।

घटस्थापनाका दिन घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको घटस्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ।

घटस्थापनाका दिन सवेरै स्नान गरी खोला तथा नदीको बगरबाट बालुवा ल्याएर पूजा कोठामा राखिन्‍छ र त्यसमा त्यसमा मकै, जौ रोपिन्छ जसलाई जमरा भनिन्छ। जमरा वरपर उज्यालो र सूर्यको प्रकाश छेकेर अँध्यारो बनाइन्छ। देवी भगवतीलाई सबैभन्दा बढी मन पर्ने वनस्पति जमरा भएकाले उनलाई खुशी पार्न जमरा राखेर पूजा आराधनापछि दशमीका दिन मान्यजनका हातबाट आशीर्वादसहित देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने प्रचलन छ। हनुमानढोकास्थित दशैं घरमा जमरा राखिँदाको तस्बिरहरुः



ट्रेन्डिङ पोस्ट

Ncell