PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बाबुराम भट्टराईको प्रश्न : कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन्?



पहिलोपोस्ट

बाबुराम भट्टराईको प्रश्न : कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन्?
फाइल फोटो

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणबारे टिप्पणी गरेका छन्।

उनले आज ट्वीट गर्दै सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) कार्यकर्ताहरुप्रति लक्षित गरी हाम्रा कमरेडहरु फासीवादतर्फ उन्मुख भएका हुन् भन्दै प्रश्न गरेका छन्।

भट्टराईले लोकतन्त्रमा भिन्न मत राख्नेलाई कुट्न मिल्दैन भन्दै उनले प्रतिगामीलाई पनि विधिसम्मत ढंगले दण्डित गर्नुपर्ने बताएका छन्।

उनले ट्वीटमा भनेका छन्, 'हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ! निरंकुशता/फासीवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो! के हाम्रा कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन्?'

शनिवार दिउँसो चितवनको चौविस कोठीमा रहेको एक होटेलबाट निस्केर सार्वजनिक सवारीमा भ्रष्टाचारविरोधी कार्यक्रम स्थलतिर जानै लाग्दै शाहीमाथि आक्रमण भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell