PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनीत



पहिलोपोस्ट

एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनीत

असोज १० गतेबाट सुरु भएको एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ इलेक्टोरल कंग्रेसको मिटिङले नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई उपाध्यक्षमा मनोनीत गरेको छ।

सम्पन्न कंग्रेसको मिटिङले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष  श्रेष्ठलाई एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा दोस्रो पटक मनोनीत गरेको हो।

त्यस्तै, नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आगामी एशियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा आयोजना गर्नको लागि प्रस्ताव गरेको जनाएको छ।

सन् १९५९ मा स्थापना भएको एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको यसपाली ६०औ वार्षिकोत्सव मनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell