PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

साफ यू १८ : भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो



पहिलोपोस्ट

साफ यू १८ : भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो

काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ को आज भएको खेलमा भुटानलाई पराजित गर्दै माल्दिभ्सले प्रतियोगिताको तेस्रो स्थान हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा भुटानलाई १–० ले हराउँदै माल्दिभ्स तेस्रो बनेको हो।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। माल्दिभ्सले खेलको ७५ औं मिनेटमा  गोल गर्दै जित सुनिश्चित गरेकाे हाे।  

भुटान समूह 'ए' का विजेता र  र माल्दिभ्स उपविजेता हुन्। सेमिफाइनलमा भुटान बंगलादेशसँग र माल्दिभ्स भारतसँग समान ४–० गोलान्तरले पराजित भएका थिए।

फाइनल खेल आजै समूह 'बी'बाट समूह विजेता र उपविजेता बनेर आएका भारत र बंगलादेशबीच सशस्त्र प्रहरीको मैदान हलचोकमा हुँदैछ। खेल २ः३० बाट सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell