PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सार्वजनिक भयो कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’



पहिलोपोस्ट

सार्वजनिक भयो कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’
फोटो : नेपालय।

काठमाडौं : कवि तथा गीतकार कालीप्रसाद रिजालको संस्मरणात्मक जीवनकथा 'काँडामा हाँसेको जिन्दगी' सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'मा शनिबार साँझ रिजालको नयाँ पुस्तक विमोचन भएको हो।

नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै उचाइ हासिल गरेका कालीप्रसाद लामो समय सरकारी सेवामा कार्यरत रहेका थिए। वि.सं. १९९६ विराटनगरमा जन्मेका रिजालले 'काँडामा हाँसेको जिन्दगी'मा उसबेलाको विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन्।

विमोचन कार्यक्रममा रिजालले भोगेको त्यही समय र उनको गीत तथा कविता यात्राको चर्चा भएको थियो। कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरु प्रस्तुत भएका थिए।

कार्यक्रममा रिजालले आफ्ना कविताहरु समेत वाचन गरेका थिए। 'काँडामा हाँसेको जिन्दगी' र उनको काव्यिक व्यक्तित्वमाथि समालोचक रजनी ढकालले समिक्षात्मक टिप्पणी गरेकी थिइन्। पुस्तकका अनेक प्रसंगहरुको उद्दरण गर्दै समालोचक ढकालले पुस्तकमा रिजालको व्यक्तित्व विकाससँगै त्यसबेलाको समाजको चित्रण रहेको प्रष्ट्याइन्।

पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको संयुक्त आयोजनामा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell