काठमाडौं: वाणिज्य तथा आपूर्ति विभागको अनुगमन टोली बालाजुमा रहेको बिजी मलमा पुगेपछि व्यापारीहरु सटर बन्द गरेर भागेका छन्।
अनुगमन टोली आउने सुराकी पाएपछि व्यवसायीहरुले पसल बन्द गरी असहयोग गरेका हुन्। आइतबार वाणिज्य महानिर्देशक योगेन्द्र गौचन सहितको टोली मलमा अनुगमनको लागि पुगेको थियो। तर टोलीलाई असहयोग हुने गरी व्यवसायीहरुले पसल बन्द गरेका छन्।
अनुगमन टोलीले कुनै पनि पसल अनुगमन गर्न नसकेपछि व्यवसायीहरुलाई विभागले स्पष्टीकरण माग गरेको छ। विभागका महानिर्देशक गौचनले कुनै व्यावसायिक फर्मले ठगी गरेको पाइएमा तुरुन्त विभागलाई जानकारी दिन आग्रह गरेका छन्।
यस्तो छ विभागको व्यावसायिक फर्मलाई पत्रः