PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

कृषि विकास बैंक लुट प्रकरणः बैंकको लहान शाखाका निमित्त प्रमुख पक्राउ



पहिलोपोस्ट

कृषि विकास बैंक लुट प्रकरणः बैंकको लहान शाखाका निमित्त प्रमुख पक्राउ

काठमाडौः कृषि विकास बैंक लुट प्रकरणमा बैंकका कर्मचारी पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले लहान शाखाका कर्मचारीलाई नियन्त्रणमा लिएको हो। बैंकका कर्मचारी सुनिलकुमार झालाई नियन्त्रणमा लिएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। साह बैंकका निमित्त प्रमुख थिए।

बैकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। लहान शाखामा रहेको युजर आइडीमात्र प्रयोग गरेको देखिएको छ। झाको आइडी प्रयोग भएपछि थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको एसपी ढकालले बताए।

लहान शाखामा राम सहदेव यादव म्यानेजर छन्। लुटेरा समूहले बैकको युजर आइडी ह्याक गरे वा कर्मचारीले नै दिए भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन। बैकले त्यहाँ कार्यरत म्यानेजरसहित ६ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।

बैकमा रकम ट्रान्सफर गर्ने 'मेकर' र 'चेकर' दुई आइडी हुन्छ। चेकरले रकम पठाउन मेकरसँग अनुमति माग्छ। मेकरले अनुमति दिएपछि मात्र बैकबाट अरूको एकाउन्टमा रकम ट्रान्सफर हुन्छ। शाखामा चेकर बैक म्यानेजर र मेकर असिस्टेन्ट लेभलका कर्मचारी हुन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell