PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

महेश्वरीनाथ योगी बनिन् उत्कृष्ट फेसन डिजाइनर 



पहिलोपोस्ट

महेश्वरीनाथ योगी बनिन् उत्कृष्ट फेसन डिजाइनर 

काठमाडौं: ‘ड्रेस टु इम्प्रेस’को दोस्रो संस्करणको फिनाले सम्पन्न भएको छ। फेसन डिजाइनरहरुबीचको यो प्रतियोगितामा डिजाइनरहरुमध्ये महेश्वरीनाथ योगी उत्कृष्ट घोषित भइन्।

प्रतियोगितामा ६४ जना डिजाइनरहरु आफ्नै डिजाइनसहित मञ्चमा उत्रिएका थिए। उत्कृष्ट ठहरिएकी योगीको १२ फिट लामो फूल बुट्टे सेतो गाउनले अरु प्रतिस्पर्धीलाई पछि पार्‍यो। प्रतियोगिता ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’ले आयोजना गरेको हो।

प्रतियोगितामा डार्क एन्ड लाइट थिमको कालो गाउनबाट श्रेया पुन मगर फस्ट रनर्सअप भइन्। त्यस्तै इन्द्रेणीको अवधारणामा तयार पारिएको सप्तरंगी गाउनबाट उर्मिला तामाङ सेकेन्ड रनर्सअप भइन्। विजेताहरुले क्रमश: १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार पाए।

प्रतियोगिताको निर्णायकका रुपमा अभिनेता प्रशान्त ताम्राकार, बुटिक एसोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, फेशन डिजाइनरहरु निभा श्रेष्ठ, महेश महर्जन र इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका निर्देशक राजु सुवाल रहेका थिए।

फेसन शोको कोरियोग्राफी बिपना थापाले गरेकी हुन्। फिनाले सांगीतिक प्रस्तुतिसहित सम्पन्न भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell