PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मेलम्ची खानेपानी र सिनो हाइड्रोबीच सुरुङमार्ग फिनिसिङ गर्ने सहमति, एक वर्षमा काम पुरा गरिने



दिनेश खड्का

मेलम्ची खानेपानी र सिनो हाइड्रोबीच सुरुङमार्ग फिनिसिङ गर्ने सहमति, एक वर्षमा काम पुरा गरिने

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ।

आइतवार मेलम्ची खानेपानी आयोजना र सिनो हाइड्रो कर्पोरसनबीच बाँकी काम गर्ने सम्झौता भएको हो। सम्झौतापत्रमा आयोजनाका तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट  वाङ हुवाले हस्ताक्षर  गरेका छन्।

सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम शुरु गरी सक्नुपर्नेछ। आयोजनाले २८ दिनमा काम शुरु गर्न कार्यादेश दिन्छ। छिट्टै काम शुरु हुने आयोजनाले जनाएको छ। उक्त कम्पनी तामाकोशी हाइड्रोपावरको सिभिल इन्जिनियरिङको काम केही समयअघि सकेको छ। इक्विपमेन्ट र कामदारसमेत तयार अवस्थामा राखेर बसेकाले छिट्टै काम शुरु हुनेमा आयोजना विश्वस्त देखिन्छ।

निर्माण कम्पनीका प्रतिनिधिहरु करिब दुई सातादेखि काठमाडौंमा छन्। एक साताअघि नै सम्झौता गर्ने तयारी भएको थियो। विशेष परिस्थितिको आयोजना भएकाले तत्कालै शुरु गर्न आयोजनाले आग्रह गरेको थियो। तर ठेकेदार कम्पनीले साइटमा गएर आयोजनाको अवस्था निरीक्षण गरेको थियो। यसअघि आयोजनाको काम शुरु गर्न समय लाग्ने बताएका थिए। सोही कारण सम्झौता गर्न ढिलाई भएको आयोजनाले हो।

सुरुङ मार्ग फिनिसिङका लागि दुई वटा ठेक्का सम्झौता भएको हो। हेडवर्क्सका लागि केही दिनमै सम्झौता हुने मेलम्ची खानेपानी विकास समितिका सिडिई राजेन्द्र पन्तले जानकारी दिए। सुरुङ मार्ग फिनिसिङ सम्झौता भएको मितिबाट एक वर्ष काम पुरा गर्नुपर्नेछ भने हेडवर्क्सको काम १५ महिनामा पुरा गरिसक्नुपर्नेछ।

सुरुङमार्ग फिनिसिङको ठेक्कामा १२ सय मिटर फिनिसिङ, सुरुङमार्गको पहिचान गरिएका ठाउँमा रेट्रोफिटिङ,सुरुङमार्गबाट ट्रिटमेन्ट प्लान्टसम्म पाइप राख्नेलगायतका कामहरु रहेका छन्। दोस्रो ठेक्कामा सुरुङ मार्गको सबैभन्दा माथिल्लो भागमा बन्ने हेडवर्क्स तयार पार्ने ठेक्का रहेको छ। सहायक र मुख्य गरी दुईवटा हेडवर्क्स तयार पार्नुपर्नेछ। हेडवर्क्स बन्ने स्थानमा ओपन कट गरेर छाडिएको छ। जमिनमाथिका सबै संरचना बनाउनुपर्नेछ। साथै बालुवा छान्न प्रयोग हुने डिसेल्टिङ मेसिन राख्ने संरचनासमेत बनाउनुपर्ने मेलम्ची खानेपानी विकास समितिका सिडिई पन्तले बताए। इटालियन कम्पनी सिएमसी दि रिभेन्नाले छाडेपछि १० वटा प्याकेजमा निर्माण गर्ने योजना अघि सारेको हो। २ वटा मुख्य र ८ वटा साना प्याकेट गरी निर्माण गर्न लागिएको पन्तले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell