PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

अमेरिकामा झाँकीसहित 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार



पहिलोपोस्ट

अमेरिकामा झाँकीसहित 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार

न्युयोर्क : न्युयोर्कमा 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचारात्मक कार्यक्रम गरिएको छ। नेपाली सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिसहित शनिवार र्‍याली निकालिएको हो।

कार्यक्रममा मिस नेपाल युनिभर्स २०१७ नग्मा श्रेष्ठको पनि सहभागिता थियो। उनले आफ्नो फेसबुकमार्फत् 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचार कार्यक्रमको फोटो सार्वजनिक गरेकी छिन्। 

सन् २०१२ को मिस अर्थ, मिस इको युनिभर्स २०१६ र वर्ल्ड मिस युनिभर्सिटी २०१६ समेत रहेकी नग्मा हाल अमेरिकामै छिन्।

झाँकी र नाचगानसहित गरिएको कार्यक्रममा नग्मासँगै मिस नेपाल नर्थ अमेरिका २०१९ की विजेता श्रेया गजुरेल पनि उपस्थित थिइन्।

कार्यक्रममा भिजिट नेपाल झण्डा फहराउने कार्यक्रमसँगै लाखे नाच, कुमारी नाच, आदिवासी जनजाति नृत्य पनि प्रस्तुत गरिएको थियो। कन्सुलेट जनरल अफ नेपाल, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र ट्रबल ब्युरो नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell