PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

अक्षय कुमारले भने, 'मिटूको आरोपबाट मुक्त भएपछि मात्रै निर्देशक साजिद खानसँग काम गर्छु'



पहिलोपोस्ट

अक्षय कुमारले भने, 'मिटूको आरोपबाट मुक्त भएपछि मात्रै निर्देशक साजिद खानसँग काम गर्छु'
फोटो : IANS ।

मुम्बई: बलिउड अभिनेता अक्षय कुमारले मिटूको आरोप लागेका निर्देशक साजिद खान आरोपमुक्त नभएसम्म उनीसँग काम नगर्ने बताएका छन्। 'हाउसफूल ४' को ट्रेलर लन्च कार्यक्रममा बोल्दै अक्षय कुमारले यस्तो बताएका हुन्। 

साजिदलाई गतवर्ष नायिका अहाना कुमारले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। 'हाउसफूल ४'को निर्देशन गरिरहेका साजिदलाई मिटूको आरोप लागेपछि उनले फिल्म निर्देशनबाट पछि हट्नु परेको थियो। हाल 'हाउसफूल ४'को निर्देशन फर्हाद सामजिले गरिरहेका छन्।

अक्षयले भने, 'मलाई थाहा छैन, साजिदको के केस हो? तर उनी मिटूको आरोपबाट मुक्त भए भने म अवश्य उनको फिल्ममा काम गर्छु।'

साजिदलाई हाउसफूल ४ मा निर्देशक सामजिले रिप्लेस गर्दा फिल्मको ६० प्रतिशत सुटिङ सकिइसकेको थियो। साजिदलाई फिल्मको क्रेडिट किन नदिएको त भन्ने प्रश्नमा अक्षयले भने, 'साजिदले फिल्मको ६० प्रतिशत सुटिङ सकेका थिए तर उनलाई क्रेडिट नदिने निर्णय स्टुडियो फक्स स्टारले नै गरेको हो।'

यसअघि साजिदले हाउसफूलका दुईवटा सिरिज निर्माण गरेका थिए। अक्षयले साजिद निर्देशित हाउसफूलको दुई सिरिज बाहेक सन् २००७ मा प्रदर्शनमा आएको 'हे बेबी' मा पनि काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell